धितोपत्र बजारमा १९.४३ अंकको वृद्धि, नेप्से परिसूचक २७८४.९५ को विन्दुमा


 

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले बढेर २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १६ अंकले बढेर ५२२ दशमलव ५३ को विन्दुमा पुगेको छ ।

आज कूल २३६ कम्पनीका १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर रु ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ०३५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तनि उपसमूहको शेयर ऒरालो लागेका छन्। ट्रेडिङ उपसमूह ५७ दशमलव ११ अङ्कले बढ्दा विकास बैंक उपसमूह ३७ दशमलव ५८ अङ्कले, जलविद्युत उपसमूह ४०.७९ अङ्कले, वित्त उपसमूह ७८.०९ अङ्कले, निर्जीवन बीमा १९०.६५ अङ्कले, अन्य उपसमूह ११३.४ अङ्कले, लघुवित्त उपसमूह १२.२५ अङ्कले, जीवन बीमा २१८.२ अङ्कले, सामूहिक लगनी कोष उपसमूह ०.२२ अङ्कले र लगानी उपसमूह ०.९४ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १५ दशमलव २८ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ३७ दशमलव ७१ अङ्कले र उत्पादन उपसमूह ४७.७८ घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x