युनिक नेपाल लघुवित्तकाे नाफा ७ करोड २७ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ करोड ०६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिक नेपाल लघुवित्तले ३ अर्ब ९५ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले ९० करोड १० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २४ करोड ९६ लाख रुपैयाँ रहेको छ।

युनिक नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले बढेर २० करोड ६२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ७३ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x