नेपालको नौ महिनामा कुल वस्तु निर्यात २०.२% ले वृद्धि , के के छन् प्रमुख निर्यात वस्तु ?





-विक्रम भट्टराई
ज्ञानमाण्डू।आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई रु.९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने जुत्ता र स्यान्डल, हस्तशिल्प सामान र अन्य हस्तशिल्प, चाँदीका भाँडा र गहनाहरू, औषधी (आयुर्वेदिक), जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ । 


नेपालले स्वदेशबाट निर्यात गर्ने प्रमुख पाँच वस्तुहरू सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा र जुटबाट उत्पादन गरिएका सामग्रीहरू रहेका छन् । गत आर्थिक वर्षको असार महिनाको तथ्याङ्कको तुलनामा चालु आर्थिक वर्षको जेष्ठ महिनासम्म यी वस्तुहरू प्राय सबैको निर्यातमा सामान्य सुधार आएको देख्न सकिन्छ । यता, पाम तेलको निर्यातमा भने अधिक वृद्धि भएको छ ।


समीक्षा अवधिमा नेपालले निर्यात गर्ने प्रमुख वस्तु सोयाविन तेल रहेको छ। नेपालले चालु आर्थिक वर्षको चैत महिनासम्म २८ अर्ब ८१ करोड बराबरको सोयाविन तेल निर्यात गरेको छ । सोयाविन तेलले नेपालको कुल वस्तु निर्यातको ३०.४ प्रतिशत अंश ओगटेको छ, जुन कुनै पनि निर्यात हुने वस्तुमध्येको सर्वाधिक हो । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ७ अर्ब ८२ करोड बराबरको सोयाविन तेल निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ९९ करोड रुपैयाँ अर्थात् २६८ दशमलव ४ प्रतिशतको वृद्धि हो।


अलैँची नेपालले निर्यात गर्ने दोस्रो प्रमुख वस्तु हो। नेपालले चालु आर्थिक वर्षको चैत महिनासम्म ५ अर्ब ६१ करोड बराबरको अलैँची निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ३ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब २८ करोड रुपैयाँ अर्थात् ६८ दशमलव ४ प्रतिशतको वृद्धि हो। अलैँचीले नेपालको कुल वस्तु निर्यातको ५.९ प्रतिशत अंश ओगटेको छ।


नेपालबाट निर्यात हुने प्रमुख पाँच वस्तु मध्ये रहेको नेपालमा निर्मित ऊनी गलैँचाको लोकप्रियता विदेशी मुलुकहरूमा निकै रहेको देखिन्छ। ऊनी गलैँचाको निर्यातले नेपालको कुल वस्तु निर्यातको ५.७ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको चैत महिनासम्म ५ अर्ब ३८ करोड बराबरको ऊनी गलैँचा निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ५ अर्ब बराबरको ऊनी गलैँचा निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ करोड रुपैयाँ अर्थात् ७ दशमलव ६ प्रतिशतको वृद्धि हो।


नेपालले निर्यात गर्ने अर्को प्रमुख वस्तु मध्ये पोलिष्टर धागो यस आर्थिक वर्षको चैत महिनासम्म ५ अर्ब २५ करोड बराबरको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ४ अर्ब ५४ करोड बराबरको पोलिस्टर धागो निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ करोड रुपैयाँ अर्थात् १५ दशमलव ६ प्रतिशतको वृद्धि हो। पोलिष्टर धागो निर्यातले नेपालको कुल वस्तु निर्यातको ५.५ प्रतिशत अंश ओगटेको छ।


विश्व बजारमा निकै लोकप्रिय रहेका जुटबाट उत्पादन गरिएका सामग्रीहरू, नेपालले यस आर्थिक वर्षको चैत महिनासम्म ५ अर्ब १२ करोड बराबरको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ४ अर्ब रुपैयाँ बराबरको सामग्रीहरूको निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १२ करोड रुपैयाँ अर्थात् २७ दशमलव ९ प्रतिशतको वृद्धि हो। जुटबाट उत्पादन गरिएका सामग्रीहरूको निर्यातले नेपालको कुल वस्तु निर्यातको ५.४ प्रतिशत अंश ओगटेको छ।


तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x