बन्दीपुर केबुलकार पर्यटन पत्रकारिता पुरस्कार घोषणा

ज्ञानमाण्डू।तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ । 

कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा वितरण समितिले उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार कम्पनीको पाँचौँ साधारणसभाका अवसरमा यही माघ २५ गते प्रदान गरिने केबुलकारको निर्माण कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । 

केबुलकार र बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि कलम चलाएबापत न्यौपानेलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशि रु एक लाख शेयर रहेको छ । केबुलकार परियोजना पूर्ण चरणमा सुरु भएको एक वर्षपछि पुरस्कारको राशि रु तीन लाख पुर्‍याइने र वार्षिकरुपमा तीन पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । बन्दीपुर, आँबुखैरेनी आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धन एवं उद्यमशीलता जागरण ल्याउन कलम चलाएबापत कम्पनीले पुरस्कृत गर्ने नीति बनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x