सिद्धगुफाबाट भ्रमण वर्षको शुरुआत

ज्ञानमाण्डू।तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको शुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुआत गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बुधवार भ्रमण वर्षको शुरुआत गर्दै सरकारको अभियानमा सहयोग पुर्‍याउनु सबैको कर्तव्य भएको बताएका छन् । उनले भनेका छन् , “भ्रमण वर्षको सन्दर्भमा सिद्धगुफा विकास समितिले राखेको कार्यक्रम राम्रो छ । सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्ने हो भने सरकारको अभियान सफल हुन्छ ।” भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रवर्द्धनमा नगरपालिका जुटेको बताए । 

धेरैभन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्यसहित गुफाबाटै भ्रमण वर्षको शुरुआत गरिएको समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणसमेत गरिएको छ । भ्रमण वर्षमा यस ठाउँमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने विकास समितिले जनाएको छ । 

धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोज स्थल र पार्किङ स्थल निर्माण गरिएको उनले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ । 

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दुरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्त्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सक्दछन् । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने सो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ । 

जिदीखोलाको किनारको घना जङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिव लिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदल यात्रामा गुफा पुग्न सकिन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x