खल्तीको QR अफर – फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

khalti

ज्ञानमाण्डू। खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर“ ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन्।

यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने जनाएकाे छ । त्यसै गरि हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. ५००० नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ सम्म मान्य हुने कम्पनीले जनाएकाे छ।

 

Prize

Winners

बम्पर पुरस्कार

TVS Ntorq 125 Scooter

खल्ती प्रयोगकर्ता – १ बिजेता
फोनपे मर्चेन्ट – १ बिजेता

साप्ताहिक पुरस्कार

One Plus Nord N100

खल्ती प्रयोगकर्ता – २ बिजेता
फोनपे मर्चेन्ट – २ बिजेता

दैनिक पुरस्कार

Rs= 5000 Khalti Balance

खल्ती प्रयोगकर्ता – १ बिजेता


यस सेवाको बारेमा थप जानकारी दिँदै
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्ताहरूलाई आकर्ष उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्युआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले आगाडी बढ्दै छौँ। ”

‘खल्ती’ मा हालै सुरु गरिएको फोनपे क्युआर को सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ। यसको साथै, अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x