
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एसिया बैङ्क लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैङ्कको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो।
सेबोनको स्वीकृतिपछि बैङ्कले हाल कायम शेयर धनीलाई १:०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार दुई कित्ता सेयर हुने शेयर धनीले थप एक कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।
बैङ्कले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट बैङ्कले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।
बैङ्कको हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव सेबोनको सञ्चालक समितिबाट स्वीकृत भइसकेको र यससम्बन्धी औपचारिक पत्र जारी हुने क्रममा रहेको जनाइएको छ। नियामक निकायबाट औपचारिक पत्र प्राप्त भएपछि बैङ्कले सेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियालगायतका विस्तृत विवरण सार्वजनिक गर्नेछ।
एनआईसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको पूर्वस्वीकृति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
