
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २३ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ ।

विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।