लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ। बैंकद्वारा उपलब्ध गराइएको जानकारी अनुसार, हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत (०.२६%) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।
कात्तिक ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिनेछ। साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।
लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
