
यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ९४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब ५० लाख रुपैयाँ बढी हो।
कार्यालयका अनुसार चालक अनुमति पत्रको सङ्ख्या बढ्नु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाइएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो।
कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा सवारीसाधन करबाट १ करोड ३९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, सवारी दर्ता किताब दस्तुरबाट ६४ लाख ९२ हजार रुपैयाँ, पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार रुपैयाँ र अग्रिम आयकरबाट ६ लाख ६८ हजार रुपैयाँ सङ्कलन भएको छ। बेरुजु असुलीबाट भने १ हजार ५७५ रुपैयाँ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ।
यसै अवधिमा कार्यालयबाट कुल ६२० वटा सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रदान गरिएको छ। जसमा मोटरसाइकल, स्कुटर तथा मोपेड वर्ग ‘ए’ अन्तर्गत १८८ वटा, कार, जिप तथा डेलिभरी भ्यान वर्ग ‘बी’ अन्तर्गत ३८ वटा र चालक अनुमति पत्रको प्रतिलिपि तथा नवीकरणतर्फ ३९४ वटा रहेका छन्।
यातायात व्यवस्था सेवा कार्यालयले एक वर्षमा उठायो १ करोड ९४ लाख भन्दा बढी राजस्व
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
