शुक्रबार नेप्सेद्वारा दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार मङ्सिर १० गतेका दिन दुई वाणिज्य बैंकको मूल्य समायोजन गरेको छ। नेप्सेले यस दिन बैंक अफ काठमाडौँ र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार बैंक अफ काठमाडौँ र स्ट्याण्डर्ड चार्टर्ड बैंक कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जनाएको छ।

नेप्सेले शुक्रबार बैंक अफ काठमाडौँ लिमिटेडको १० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात बैंक अफ काठमाडौँको शेयरमूल्य ३१० रुपैयाँ निर्धारण भएको छ।



सोही मूल्यलाई आधार मानेर आइतबार बैंक अफ काठमाडौँको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ३४१ रुपैयाँका आधारमा उक्त बैंकको भाउ समायोजन गरेको हो ।

त्यसै गरी, नेप्सेले शुक्रबार बैंक अफ काठमाडौँ लिमिटेड संगै स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको पनि मूल्य समायोजन गरेको छ।नेप्सेले शुक्रबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य ४८६ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।



सोही मूल्यलाई आधार मानेर आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ५३५ रुपैयाँका १० पैसाका आधारमा उक्त बैंकको भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x