
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आगामी मङ्सिर १९ गते समाप्त हुने भएको छ।
कम्पनीले आज सूचना जारी गर्दै उक्त मितिदेखि शेयरको लकइन अवधि सकिने जानकारी दिएको हो। लकइन अवधि समाप्त हुन लागेका शेयरमध्ये संस्थापक समूहको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता रहेका छन्।
प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आइपिओ बाँडफाँट भएको मितिले संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीका लागि छुट्टाइएका शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ। उक्त अवधि पूरा भएपछि सम्बन्धित शेयर कारोबारका लागि योग्य हुनेछन्।
नेपाल वेयरहाउजिङको ५५ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि मङ्सिर १९ गते सकिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
