ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा डोटीको दिपायल पिपल्ला बजारमा

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्कको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले डोटी लगायत देशका अन्य जिल्लाहरूमा ग्लोबल आइएमई बैङ्कले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उनले ग्लोबल आइएमई बैङ्कको उपस्थितिले डोटीको आर्थिक समृद्धिमा थप सहयोग पुग्ने र सम्पूर्ण देशवासीको मन जित्न सफल हुने बताउँदै बैङ्कलाई थप प्रतिस्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैङ्कका अध्यक्ष ढकालले बैङ्कको नयाँ शाखाबाट आधुनिक एवम्अन्तर्राष्ट्रियस्तरको बैङ्किङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्र मानै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीेलेजिल्लामा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी जिल्लामै उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैङ्कलाई सुझाव दिए ।

त्यस्तै डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन बहादुर कलेललेग्लोबल आइएमई बैङ्कले गाउँघरमा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे ।

सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, २४९ शाखा रहित बैङ्किङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।


त्यस्तै बैङ्कले अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अस्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यहरू किशोर आचार्य, राजन श्रेष्ठ, राजकुमार न्यौपाने, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राम बहादुर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बीर बहादुर रावत, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्र बहादुर अधिकारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारा बहादुर कार्की, नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दासुराज पोखरेल, गैँडाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमृत भट्टचन, भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ध्रुवलाल श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विमल रिजाल, डोटी उद्योग वाणिज्य सङ्घका सम्पूर्ण पदाधिकारीहरू, जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, स्थानीय उद्योगी तथा व्यापारीहरू, जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीय व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको कुरा  बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x