असोज मसान्तसम्म जीवन बीमा कम्पनीले कमाए साँढे ३ अर्ब प्रथम बीमा शुल्क, नयाँ व्यापारमा को तगडा ?


ज्ञानमाण्डू।चालु आर्थिक वर्षको असोज महिनामा हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण जीवन बीमा कम्पनीहरूले कुल १० अर्ब ६ करोड बीमा शुल्क सङ्कलन गरेका छन् जसमध्ये उक्त जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा १८.२८ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा १९ वाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा कुल ३८ अर्ब १८ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् ।त्यसमध्ये, उक्त जीवन बीमा कम्पनीहरूले ९ अर्ब ८४ करोड रुपैंया प्रथम बीमा शुल्क, २८ अर्ब रुपैंया नवीकरण शुल्क र ३३ करोड रुपैंया वैदेशिक रोजगार बीमा शुल्क सङ्कलन गरेका छन्। गत आर्थिक वर्षको समिक्षा अवधिमा अधिकांश जीवन बीमा कम्पनीहरूले ३२ अर्ब २८ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका थिए। यहाँ हामीले १९ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको असोज महिनामा आर्जन गरेको प्रथम बीमा शुल्क अथवा चालु आर्थिक वर्षको असोज महिनामा जीवन बीमा कम्पनीहरूले गरेको नयाँ व्यापारका बारेमा चर्चा गर्नेछौँ।

  • सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गर्न नेपाल लाइफ नै तगडा, कुन जीवन बीमा कम्पनीको आर्जन कति छ? 

चालु आर्थिक वर्षको असोज महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले असोज महिनामा मात्रै कुल ५० करोड प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले यही असोज महिनामा कुल ४६ करोड प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यसै गरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २८ करोड, एसियन लाइफले २३ करोड , युनियन लाइफले २१ करोड ४७ लाख र रिलायबल लाइफ इन्स्योरेन्सले २१ करोड १९ लाख प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ। तथ्याङ्क अनुसार उक्त ६ जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा २० करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। 

यता, व्यापार विस्तारमा लागि परेको प्राइम लाइफ इन्स्योरेन्सले यही असोज महिनामा १८ करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले १७ करोडको प्रथम बीमा शुल्क सङ्कलन गर्दा सानिमा लाइफ इन्स्योरेन्सले १६ करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको छ। 

नयाँ व्यापार विस्तार गर्ने क्रममा सिटिजन लाइफले चालु आर्थिक वर्षको असोज महिनामा १५ करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको छ। ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स दुवैले १३ करोड अधिकको प्रथम बीमा शुल्क सङ्कलन गरेका छन्। त्यसैगरी, मेट लाइफले यही असोज महिनामा १२ करोड प्रथम बीमा शुल्क सङ्कलन गर्दा सन नेपाल लाइफले १२ करोड र आइएमई लाइफले ११ करोड प्रथम बीमा शुल्क आर्जन गरेका हुन्। गुँरास लाइफ र महालक्ष्मी लाइफ दुवैले भने ८ करोड अधिकको प्रथम बीमा शुल्क सङ्कलन गरेका छन्। यता, प्रभु लाइफ र राष्ट्रिय बीमा संस्थानले क्रमश: ७ करोड र ३ करोड अधिकको प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ।    



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x