धितोपत्र बजारमा गिरावट, नेप्से २७८०.८१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २७८० दशमलव ८१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०८ अंकले घटेर ४९६ दशमलव १४ को विन्दुमा पुगेको छ ।


आज कूल २१४ कम्पनीका २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर रु ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह ७ दशमलव ३४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३५ दशमलव ७२ अङ्कले, होटल तथा पर्यटन १४.१२ अङ्कले, वित्त १.८५ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०७ अङ्कले बढेको छ । यता, विकास बैंक ५१.९८ अङ्कले, जलविद्युत् उपसमूह ६०.६३ अङ्कले, लघुवित्त ८.६ अङ्कले, निर्जीवन बीमा १५७.९४ अङ्कले, उत्पादन ६६.३९ अङ्कले, अन्य उपसमूह २७.६२ अङ्कले, जीवन बीमा २८.९२ अङ्कले र लगानी उपसमूह १ दशमलव ८६ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x