विजया दशमीको उपलक्ष्यमा नेपाल टेलिकमको अफरै अफर

ज्ञानमाण्डू।नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन्।

चाडपर्वमा टेलिकमले दिएका अफरहरु: 

टेलिकमको फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने कुरा टेलिकमले जनाएको छ ।टेलिकम ग्राहकले *४४४# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नु हुनेछ ।टेलिकमले पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने जनाएको छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *४४४# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नुहुनेछ ।

टेलिकमले पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराएको छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने टेलिकमले जनाएको छ । ग्राहकहरुले आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिनेछ ।

त्यस्तै, टेलिकमका प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिने कम्पनीले जनाएको छ ।टेलिकमका अनुसार मिस्ड कल अलर्ट (एमसीए) लेनेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिने प्रावधान रहेको जनाएको छ ।

टेलिकमले जीएसएम/सीडीएमए ग्राहकहरको लागि ल्याएको अफर अनुरुप जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस आउने भएको छ । कम्पनीले महान् पर्व विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस (MPoS) बाट रिचार्ज गर्दा बोनस दिने जनाएको छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त गर्न सकिने छ । रु. ५०, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने कुरा कम्पनीले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x