नेप्से परिसूचक २७१४.७९ को उच्च विन्दुमा, यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी


ज्ञानमाण्डू।साताको दोस्रो कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ को सर्वाधिक उच्च विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ९९ अंकले बढेर ४८६ दशमलव २८ को विन्दुमा पुगेको छ ।



आज कूल २०९ कम्पनीका १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर रु ७ अर्ब १४ करोड ३१ लाख ५१ हजारमा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये ७ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४२ दशमलव ३६ अङ्कले बढ्दा , ट्रेडिङ उपसमूह ६९.२९ अङ्कले, विकास बैंक उपसमूह ९५.४२ अङ्कले, जलविद्युत ३१.६९ अङ्कले, वित्त उपसमूह ३.६४ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह ६५ दशमलव २४ अङ्कले, निर्जीवन बीमा ८८.९२ अङ्कले, उत्पादन उपसमूह २१.५१ अङ्कले, अन्य उपसमूह ७.५ अङ्कले, लघुवित्त उपसमूह १४.४ अङ्कले, जीवन बीमा ५१.२८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४६ अङ्कले घटेको छ।


कारोबारको आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । आजनबिल बैंको २८ करोड ६२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज २ दशमलव ३७ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको २८ करोड १० लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ६१ प्रतिशतले बढेको छ ।

आज एनआईसी एशिया बैंक लिमिटेडको २४ करोड ३५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज नेपाल पूर्वाधार बैंक लिमिटेडको २१ करोड १० लाख रुपैयाँ माथिको र नेपाल बंगलादेश बैंक लिमिटेडको १८ करोड ३८ लाख माथिको शेयर कारोबार भएको छ।


आज सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् भने ज्योति लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनीका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, सिन्धु विकास बैंक लिमिटेड र छ्याङ्ग्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले क्रमश: ९ दशमलव ८२ प्रतिशत तथा ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन्।


त्यसैगरी आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् । यता एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलपमेन्ट लिमिटेडका लगानीकर्ताले ३ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् भने इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ३ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x