जनउत्थान सामुदायिक लघुवित्तकाे नाफा ५ करोड २९ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५ करोड २९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जनउत्थान सामुदायिक लघुवित्तले २ अर्ब १५ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तले १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १५ करोड ०५ लाख रुपैयाँ रहेको छ।

जनउत्थान सामुदायिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.४९ प्रतिशतले बढेर १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.२८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x