नेप्सेले माग्यो निफ्रासँग स्पष्टिकरण, यस्तो छ कारण


ज्ञानमाण्डू। हालै मात्र सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको गरेको  ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)लाई बुधबार चैत ३ गते नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सम्बन्धमा कुनै एक अनलाईन पत्रिकामा प्रकाशित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको वण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने शिर्षक सम्बन्धि समाचार सम्बन्धमा सत्य तथ्य के कसो भएको हो बारे स्पष्टिकरण माग गरेको छ । 

नेप्सेले चालु आर्थिक वर्ष भित्रमानै ८.५ प्रतिशतको व्याज तोकी त्यस कम्पनीले वण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुन भन्ने समाचार के कति मात्रामा सत्य हो ? निफ्राले राणनीतिक साझेदार भित्राउने विषयमा को संग के कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा वित्तिय संस्थाका लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रमा सत्य हो/होईन ? इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स वण्डका सम्बन्धमा के कति मात्रमा कस्तो छलफल अघि बढाएको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी नआउदै के कति कारणले यस्तो प्रचार गरिएको हो ? जस्ता विषयको स्पष्टिकरण नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)लाई पेश गर्नहुन निदेर्शन दिएको छ ।

नेप्सेले मिति २०७७/१२/०३ गते गरेको निर्णयानुसार स्पष्टिकरण पेश गर्नहुन माग गरेको पत्र प्राप्त भएको ३(तीन) कार्यदिन भित्र सो सम्बन्धमा स्पष्टिकरण पेश गर्नहुन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA)लाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x