नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैङ्कहरूलाई दाँजेर हेर्दा

 


ज्ञानमाण्डू। २७ वटै वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउने सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, नबिल बैङ्क, एनआईसी एशिया बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्क गरी ४ अर्ब माथि नाफा कमाउन सफल ५ वटा वाणिज्य बैंकहरुलाई चाैथाे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ । 

चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे २२ अर्ब ८३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे १८ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्ककाे १४ अर्ब ६७ करोड रुपैयाँ र एनआईसी एशिया बैंककाे ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

निक्षेप संकलन: ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप सहित नेपाल बङ्गलादेश बैंकलाई गाभेकाे नबिल बैंक निक्षेप संकलनमा अगाडि रहेको छ भने एनआईसी एशिया बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले २ खर्ब ५९ अर्ब रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

कर्जा लगानी: नेपाल इन्भेष्टमेण्ट बैङ्कले १ खर्ब ५७ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले २ खर्ब १२ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकले २ खर्ब ५२ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ खर्ब ५८ अर्ब रुपैयाँर कर्जा लगानी गरेका छन् भने नबिल बैंकले ३ खर्ब १ अर्ब रुपैयाँ  कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ ।

खुद ब्याज आम्दानी: एनआईसी एशिया बैंकले व्यवसाय विस्तारबाट सबै भन्दा बढि ११ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले १० अर्ब ७४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले ९ अर्ब ६६ कराेड रुपैयाँ, नबिल बैंकले ९ अर्ब ४३ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कले ५ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा: राष्ट्रिय वाणिज्य बैङ्कले सबै भन्दा बढि ५ अर्ब २१ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने ग्लोबल आइएमई बैंकले ५ अर्ब २१ करोड रुपैयाँ, नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्कले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।


जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा २६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैङ्ककाे १५ अर्ब ५१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे १४ अर्ब ६७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १० अर्ब १५ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको ९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

संचित मुनाफा: एनआईसी एशिया बैंकको संचित मुनाफा ३ अर्ब ८४ कराेड रुपैयाँ रहेको छ भने नबिल बैंककाे संचित मुनाफा ३ अर्ब ३७ कराेड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्ककाे ३ अर्ब ३ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

वितरण याेग्य मुनाफा: नबिल बैंककाे सबै भन्दा बढि ९ अर्ब १२ कराेड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने ग्लोबल आइएमई बैंकको ३ अर्ब १९ कराेड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्ककाे ३ अर्ब ३ करोड रुपैयाँ, एनआईसी एशिया बैंककाे २ अर्ब २४ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे २ अर्ब ३ करोड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।

निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ४९ प्रतिशत देखिन्छ भने ग्लोबल आइएमई बैंकको १ दशमलव २२ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे १ दशमलव ४७ प्रतिशत, नबिल बैंकको १ दशमलव ५४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्ककाे २ प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे २२ रुपैयाँ ३२ पैसा र नबिल बैंककाे २६ रुपैयाँ ८० पैसा रहेकाे छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा सहित अघि छ ।

मूल्य आम्दानी अनुपात: ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा, नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे ११.८७ गुणा र एनआईसी एशिया बैंकको १७.७९ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेकाे छ ।

नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई गाभी गत आषाढ २७ देखि एकीकृत कारोबार सुरु गरी सकेको छ भने ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू साथै नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क नेपाल मर्जर प्रक्रियामा रहेका छन्।

डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x