कर्मचारीहरूको तलब, भत्तामा मुक्तिनाथ विकास बैङ्कद्वारा सर्वाधिक खर्च, कुन विकास बैङ्कको कति ?

Development Banks

ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको आर्थिक तथा वित्तीय गतिविधिको विवरण प्रकाशित गरेका नेपालका १६ विकास बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा डेढ अर्ब अधिक खर्च गरेका छन् । समीक्षा अवधिमा नेपालका अधिकांश विकास बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.५४ प्रतिशत खर्च वृद्धि गर्दै जम्मा १ अर्ब ५० करोड रुपैयाँ आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैङ्कहरूको यस्तो खर्च १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।






समीक्षा अवधिमा महालक्ष्मी विकास बैङ्कले १७ करोड ८४ लाख रुपैयाँ खर्च गर्दा ज्योति विकास बैङ्कले १६ करोड २९ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ। त्यसै गरी , कामना सेवा विकास बैङ्कले चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा १५ करोड ६५ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गर्दा साङ्ग्रिला डेभेलप्मेन्ट बैङ्कले १३ करोड ३४ लाख रुपैंया, शाइन रेसुङ्गा डेभेलप्मेन्ट बैङ्कले १२ करोड ७३ लाख रुपैंया र लुम्बिनी विकास बैङ्कले १२ करोड ६८ लाख रुपैंया कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको तथ्याङ्कले देखाएको छ।

यता, चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा वित्तीय विवरण प्रकाशित गरेका कुल १६ वटा विकास बैङ्कहरू मध्ये कर्मचारीको तलब, भत्ता र सुविधा शीर्षकमा सर्वाधिक कम खर्च गर्ने विकास बैङ्क कर्पोरेट डेभेलप्मेन्ट बैङ्क रहेको छ। उक्त बैङ्कले समीक्षा अवधिमा ३३ लाख ९५ हजार रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x