प्रभु बैंक लि. र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटल विच आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता

ज्ञानमाण्डू। प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको छ । आज मिति २०७८/०४/०५ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रिय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष  बुद्धिमान श्रेष्ठका विच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

प्रभु बैंक लि.ले उपलब्ध गराएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ । यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने विश्वास बैंकले लिएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरा यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x