
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन ९ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।