उकालो लाग्याे सुनको भाउ, चाँदी तोलाको कति ?

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १३ गते, मंगलबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार सुनको मूल्यमा वृद्धि भएता पनि चाँदीको मूल्यमा भने गिरावट आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आजका दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x