भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ

ज्ञानमाण्डू।आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । 

रामपुरमा नेपाल भ्रमण वर्ष २०२० मा पाल्पाको कालीगण्डकीमा जलयात्रा र प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको हो । रामपुर नगर पर्यटन प्रवर्द्धन समितिले आउँदो फागुन २४ गतेदेखि साताव्यापी कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाइडिङ साथै यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलको अवलोकन गराउने भएको छ । 

भ्रमण वर्ष सफल पार्न रामपुरमा यस वर्ष न्यूनतम ५०० बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको समितिका संयोजक तथा नगरप्रमुख रमणबहादुर थापाले बताए । “रामपुरमा आन्तरिक पर्यटकको राम्रै आवतजावत भए पनि अहिलेसम्म बाह्य पर्यटक नभित्रिएकाले यस पटक बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ”, उनको भनाइ छ । यो आफूहरुको शुरुआती लक्ष्य भएको बताउँदै उनले पर्यटकलाई यहाँका पर्यटकीय स्थल अवलोकन, कालीगण्डकीमा जलयात्रा र बाहुनडाँडाबाट प्याराग्लाइडिङ गराउने सोच राखिएको जानकारी दिए। 

साताव्यापीरुपमा गरिने पर्यटन महोत्सवका लागि पर्यटन बोर्डबाट रु पाँच लाख सहयोग आएको र आवश्यक सहयोग नगरपालिकाले गर्नेछ । स्याङ्जा र पाल्पाको सिमानाको मालुङ्गाधामबाट कालीगण्डकीमा जलयात्रा सुरु गरी रामपुर नगरपालिका– ८ को पर्यटकीय स्थल सिद्धबाबा धाम भुजातमा सांस्कृतिक कार्यक्रम गरिनेछ । रामपुर क्षेत्रका विभिन्न जातजाति, समुदायको संस्कृतिको पर्यटकले अवलोकन गर्न पाउनेछन् । रामपुरका पर्यटकीय, धार्मिक एवं ऐतिहासिक तीर्थस्थलको अवलोकन गर्न सकिनेछ । नगरपालिकाको बेझाड बजारस्थित राममन्दिर रामचुलो तथा निर्माणाधीन रामजानकी मन्दिर, राम्चे भ्यूटावर, रामघाट, लक्ष्मीनारायण धर्मशाला अवलोकनको व्यवस्था मिलाइएको छ । 

त्यस्तै केलादी, टापुधाम, सीताकुण्ड, तातोपानी गौशाला, बाहुनडाँडा, तालपोखरा, रामकुवा, खैरेनी सामुदायिक वन, भुजात सिद्धबाबा, च्याङ्लिङ सिद्धबाबा मन्दिर, हेक्लाङ जल्पा मन्दिरलगायतका धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको अवलोकन गराउने तयारी गरिएको प्रचारप्रसार उपसमितिका संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिए । 

भ्रमण वर्षमा रामपुर घुम्न बाह्य पर्यटकलाई निम्तो दिन ठाउँठाउँमा पुग्ने कार्यक्रमको तयारी भइरहेको छ । प्रचारकै क्रममा पर्यटकीय नगरी पोखरालगायतका विभिन्न ठाउँठाउँमा पुग्ने, पाल्पाली समाजसँग समन्वय गरी रामपुरमा बाह्य पर्यटक भित्र्याउने जनाइएको छ । 

प्याकेजमा गराइने अवलोकनका लागि समितिले तोकेको समयभित्र टिकट बुकिङ गर्नुपर्नेछ । पर्यटन महोत्सवमा जलयात्राका पर्यटकलाई भुजात सिद्धबाबा धाममा टेण्टमा आवासको व्यवस्था गरिने र यस क्षेत्रको पर्यटकीय वातावरणसँग रमाउने वातावरण मिलाइनेछ । 

कालीगण्डकी पारिवारिक जलयात्राका लागि उत्तम मानिन्छ । विज्ञसहितको टोलीले यसभन्दा अगाडि जलयात्राको सफल परीक्षण सकेको छ । गत वैशाखको ६ र ७ गते रामपुर नगरपालिकाले मालुङ्गा धामदेखि भुजात सिद्धबाबा धाम र सिद्धबाबा धामदेखि पुट्टारघाटसम्म बृहत् कालीगण्डकी जलयात्रा महोत्सव गरेको थियो । 

गत वर्ष पुसमा गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा रामपुर– ७ को बाहुनडाँडाबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको छ ।

बाहुनडाँडाबाट छ प्याराग्लाइडिङ उडान गरी किसानबारी खेल मैदानमा सफल अवतरण गरिएपछि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्यमा नगरपालिकाले तयारी गरेको हो लोस्दीबाट पनि परीक्षणका रूपमा १६ प्याराग्लाइडिङ उडान सफल भएपछि यसको व्यावसायिकतामा नगरपालिकाले जोड दिन थालेको हो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x