सूर्योदय वाेमी लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल फाल्गुन १६ गते साँझ ७:१५ बजे सुरु भई बेलुका ९:०५ बजेसम्म बसेको सञ्चालक समितिको २०२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ११ करोड ८७ लाख ९७ हजार ७१८ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

साबिक वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड र साबिक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई मिति २०७८/१२/१९ गते देखि एकीकृत कारोबार सुरुवात गरिएको हुँदा एकीकृत कारोबार भएको मिति देखि दुई वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनस शेयर कर प्रयाेजनार्थ छुट्टै रकम नछुट्याइएकाे साथै, एकीकृत कारोबार सुरुवात भएको मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांश कर बापत नियमानुसार रकम भुक्तानी गर्नुपर्ने सोही लघुवित्तले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x