सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश


सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तको मङ्सिर २ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि छुट्टाइएको हो।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत हुन बाँकी छ। केन्द्रीय बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीलाई वितरण गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x