नेपाल फाईनान्स लिमिटेडका संस्थापक शेयरधनीहरुले ८ हजार २१७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १० श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १० श्रावणबाट सो कम्पनीको शेयर रजिष्ट्रार कार्यालय, प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डाैँ वा सो कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो कम्पनीले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै नेपाल फाईनान्स लिमिटेड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
