
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी मनोज बस्नेतको स्वामित्वमा रहेको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।
राष्ट्र बैङ्कको प्रचलित निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेकाले हाल उक्त शेयर उनीहरूकै लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित ललितपुरस्थित संस्थाको कर्पोरेट कार्यालय वा शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन दिन सक्नेछन्।
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
