ग्लोबल आइएमई बैङ्कद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैङ्क डिबेन्चर’ निष्कासन

Global IME Bank Limited

ग्लोबल आइएमई बैङ्क लिमिटेडले  ५ वर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैङ्क डिबेन्चर २०८४/८५” निष्कासन गरी बिक्री खुला गरेको छ ।

बैङ्कले ५ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति ऋणपत्र अङ्कित मूल्यका ५० लाख कित्ता ऋणपत्र आज मिति २०७९ माघ २९ गते देखि निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गर्नेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन् ।

बैङ्कद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्ने जानकारी दिएकाे छ । ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ । ग्लोबल आइएमई बैङ्क लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५% का दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने छ ।

बैङ्कले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x