संस्थापक शेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैङ्क



मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले ४ हजार २०२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०४ श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०४ श्रावणबाट सो बैङ्कको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान-१२ सुनसरी वा शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x