आइएमई पे र क्युएफएक्स सिनेमाजबिच सम्झौता, मुभी टिकटमा रु. ५० को फ्ल्याट क्यासब्याक

आइएमई पे र क्युएफएक्स सिनेमाजबिच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । सो अफर अन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधवारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो अफर अवधिभरको हरेक बुधवारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका सर्त अनुसार प्रयोगकर्ताहरूले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् । त्यस पश्चात् प्रयोगकर्ताहरूले पुनः अर्को बुधवार मात्र सो अफरको फाइदा उठाउन सक्ने सो कम्पनीले बताएको छ । साथै, आगामी  दिनहरूका लागि लाइभ भएको टिकटहरू पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरूले सो छुट पाउने जनाकारी दिएको छ । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागु भएको छ ।

मङ्गलवार राजधानी काठमाडौँमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गर्नुभएको छ । त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्ध भई यो अफर मार्फत मुभी प्रेमीहरूलाई सहज हुने र अझ बढी ग्राहकहरू आकर्षित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x