आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट काट्नेको सङ्ख्यामा उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको साे सेवामा ग्राहकको सङ्ख्या बढेको हो ।अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पे मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरूलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।

आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो सङ्ख्याले र उत्साहले अझै  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x