प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनु पर्ने बताउनुभएको छ।
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ । डिजिटल डिभाइस कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिने सरकारको अभिप्राय छ।’
डिजिटल क्षमता विकास गर्नु जरुरी रहेको बताउँदै उहाँले पछिल्लो समय नेपालमा पनि दक्ष जनशक्ति उत्पादन हुँदै गइरहेको पनि जानकारी गराउनुभयो ।
सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था बजेमा गरिसकेका छौँ। यसले थप आइसिटी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ ।’
उहाँले सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायतका आवश्यक कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायत कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याउनेछौँ।’
यसका लागि डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर समयानुकूल बनाउने समेत उहाँले बताउनुभयो ।
डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ: प्रधानमन्त्री प्रचण्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
