नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मार्फत सामसुङका सबै प्रकारका मोबाइल फोन अव 'बाइ नाउ पे लेटर' फिचर मार्फत 0% Interest EMI मा खरिद गर्न सकिने सुविधा सार्वजनिक गरिएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरी सामसुङको जुनसुकै प्रकारका मोबाइल फोन 0% interest EMI मा खरिद गर्न सक्नेछन्।
हालको लागि काठमाडौँ, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीन वटा जिल्लाहरूमा मात्रै लागु गरिएको यो सुविधाको फाइदा उठाउन सेवाग्राहीहरूले आइएमई पे एपमा रहेको 'बाइ नाउ पे लेटर' अप्सनमा गई सोधिएको विवरण भरेर आफूले चाहेको मोबाइल फोन छनौट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । साे पश्चात्को सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको EMI भुक्तानी सेवाग्राहीहरूले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन्।
परम्परागत वित्तीय सेवालाई डिजिटल गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरूलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरूलाई थप सुविधा प्रदान गर्दै आएको छ। आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज , भर्चुअल भिसा कार्ड ,आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ। "बाइ नाउ पे लेटर" लगायत प्रिमियम निओ बैङ्किङको सुविधासँगै, कम्पनीले वित्तीय सुविधाहरू सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो उद्देश्य रहेको बताएको छ ।
आइएमई पे बाट सामसुङको सम्पूर्ण मोबाइलहरूमा 'बाइ नाउ पे लेटर' सेवा उपलब्ध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
