स्माटच्वाईस टेक्नोलोजी र शुलभ पे बिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड (SCT) र शुलभ पे (एन क्याश वालेट) बिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौँमा वुधबार आयोजित एक विशेष कार्यक्रमकाबिच स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गर्नुभयो ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजी र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) बिच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिएको छ ।

यस सम्झौता पछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्युआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने शुलभ पे मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआर मार्फत भुक्तानी लिनलाई स्माट क्युआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्विच मार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x