नमस्ते पे बाट यती एयरलाइन्सको उडान टिकट खरिदमा रु ३०० क्यासब्याक

नमस्ते पे ले २०७९ फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एयरलाइन्सको उडान टिकट मा विभिन्न अफरहरू ल्याएको छ ।

नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले "FLY300" प्रोमो कोड प्रयोग गरेर आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पाउने सो कम्पनीले बताएको छ। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १०० % क्यासब्याक पाउने पनि सोही कम्पनीले जानकारी दिएको छ।


नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मूल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्ने सो कम्पनीले बताएको छ ।


नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैङ्क र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x