स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैङ्कबिच रेमिट्याप वालेटमा स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र ‘क’ वर्गको वाणिज्य बैङ्क माछापुच्छ्रे बैङ्कबिच बैङ्कद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गर्नुभएको थियो ।


विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबिच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिएको सो कम्पनीले जानकारी दिएको छ ।

सो सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्युआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्ने सोही कम्पनीले बताएको छ । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्विच मार्फत कारोबारको भुक्तानी तथा फस्र्याेट गर्ने भएकाले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने पनि सोही कम्पनीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x