हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने



ज्ञानमाण्डू।
बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको
आयोजकले जनाएकाे छ ।

 
संवाद मंगलबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा आयोजना हुने आयोजकले जनाएको छ । डिजिटल संवादमा बागमती प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल हुनेछ ।

ह्वावेको मुख्य प्रायोजन र इन्फोडेभलपर्सको सहप्रयोजनमा आयोजना डिजिटल संवादमा बागमती प्रदेशका सरकारी, निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुने आयोजकले बताएको छ ।

डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिने छ । यस कार्यक्रम बारे थप जानकारी लिन digitalsamvad.org भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिने
आयोजकले जनाएको छ ।


यसअघि बागमती प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना भइसकेको
आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x