ग्लोबल आइएमई लघुवित्तको नाफा २५ करोड माथि, प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३४ पैसा

 

global ime laghubitta
ज्ञानमाण्डू। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०.०५ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई लघुवित्तले ८ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ४ अर्ब ६३ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ४६ करोड ९ लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले बढेर ५६ करोड ७८ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १४५१ काे आधारमा मूल्य आम्दानी अनुपात ३२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x