ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने



ज्ञानमाण्डू। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । 


मंगलवार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको थियाे । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी बिद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । 


ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी बिद्यार्थीलाइ स्किल बिकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेका छन् । कम्पनी आइएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनिको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका बिद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको
कम्पनीले जनाएकाे छ । ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको बताएकाे छ । कम्पनीले बिध्यार्थीसँगै सरकारी तथा निजि कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको कम्पनीले जनाएकाे । 


सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदै
कम्पनीले जनाएकाे छ । 


लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन् । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको
कम्पनीले जनाएकाे

 
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुने
कम्पनीले बताएकाे छ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने कम्पनीले जनाएकाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x