टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रा.लि.ले सो मिट सम्पन्न गरेको हो ।
गत शुक्रवार काठमाडौँको होटेल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियाे ।
सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्य योजनाका बारेमा प्रकाश पार्नुभएको थियाे ।
लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा विक्री योजनाका बारेमा जानकारी प्रदान गर्नुभएको थियाे । सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो । नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२,९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् ।
जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो । हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।
कम्पनीले वार्षिक रूपमा १४ लाख फोर हिवलर २४ लाख टु हिवलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ ।
टाटा ग्रिन ब्याट्री च्यानल पार्टनर मिट सम्पन्न: नयाँ उत्पादनहरू नेपाली बजारमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en