आदर्श लघुवित्तको नाफामा ५०.१४ प्रतिशतको गिरावट

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५०.१४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आदर्श लघुवित्तले १५ करोड ५२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २८ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आदर्श लघुवित्तले १० करोड ७२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ करोड ७२ लाख रुपैयाँ रहेको छ ।


आदर्श लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.५० प्रतिशतले घटेर ९० लाख ४३ हजार रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.२९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. २५६७.१० को आधारमा मूल्य आम्दानी अनुपात ३६२.०७ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x