कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७२.५७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ८० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले १ कराेड ३१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३१ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कालिका लघुवित्तले ३ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, कालिका लघुवित्तले १ अर्ब ९९ करोड रुपैयाँ सापटी लिएको छ ।
कालिका लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख रुपैयाँ पुगेको छ । साे लघुवित्तकाे निष्क्रिय कर्जा अनुपात ३.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९७९ काे आधारमा मूल्य आम्दानी अनुपात ६०.३९ गुणा रहेको छ ।
कालिका लघुवित्तको नाफामा ७२.५७ प्रतिशतका गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
