मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई चिरायु नेशनल अस्पताल एन्ड मेडिकल संस्थानमा विशेष छुट

मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँको वसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एन्ड मेडिकल संस्थान (Chirayu National Hospital and Medical Institute) सँग विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको बताएको छ । 

सो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्ने बैङ्कले बताएको छ साथै बैङ्कको यस सहकार्यबाट बैङ्कका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैङ्कले लिएको जानकारी दिएको छ । 

बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ATM Card प्रयोग गरी नेपालभरि रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैङ्कको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको पनि जानकारी दिएको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको सो बैङ्कले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x