ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Royal Cleaning Services and Suppliers” मा विशेष छुट

ज्योति विकास बैङ्क लिमिटेडले काठमाडौँ रातोपुलस्थित “Royal Cleaning Services and Suppliers Pvt. Ltd.” मा बैङ्कका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवाहरूमा ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। व्यावसायिक दक्षता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको यcस कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानहरूका लागि भरपर्दो र प्रभावकारी सफाइ सेवा प्रदान गर्दै आएको छ। ज्योति विकास बैङ्कका ग्राहकहरूलाई उक्त कम्पनीबाट सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्याङ्की सफाइ, किरा नियन्त्रण (बेडबग), एसी सर्भिसिङ लगायतका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x