नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा जम्मा भएको २० करोड रुपैयाँलाई मुद्दती निक्षेपका रूपमा लगानी गर्ने योजना बनाएको छ। यसका लागि नेपाल राष्ट्र बैङ्कले, बैङ्क तथा वित्तीय संस्थाबाट ब्याजदर सम्बन्धी प्रस्ताव माग गरेको छ।
राष्ट्र बैङ्कले सार्वजनिक सूचना जारी गर्दै उक्त रकममध्ये १६ करोड रुपैयाँ वाणिज्य बैङ्कहरूमा, ३ करोड रुपैयाँ राष्ट्रिय स्तरका विकास बैङ्कहरूमा र १ करोड रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा विभाजन गरी लगानी गरिने जानकारी दिएको छ।
ब्याजदर प्रस्ताव पेस गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले २०८१ वैशाख २८ गतेसम्म प्रस्ताव पठाइसक्नुपर्नेछ। यो मुद्दती निक्षेप २०८२ जेठ ५ गतेदेखि सुरु भई २०८३ जेठ ५ गतेसम्म, कुल ३६६ दिनको अवधिका लागि हुनेछ।
राष्ट्र बैङ्कको यो कदम सुरक्षण कोषको उपयोगद्वारा सुरक्षित तरिकाले प्रतिफल सुनिश्चित गर्न तथा वित्तीय प्रणालीभित्रको तरलता परिचालन गर्ने उद्देश्यका साथ आएको देखिन्छ।
सुरक्षण कोषको २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैङ्कको तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
