एभरेष्ट बैङ्कको नाफा ३६.८५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ०.७९ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर ७३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने १६ करोड २१ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैङ्कले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १० अर्ब २२ करोड रुपैयाँ र सञ्चित मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४३.७४ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा एभरेष्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई ४०.५० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा छ भने प्रति शेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा र पछिल्लो कारोबार मूल्य रु. ६०४.९० को आधारमा मूल्य आम्दानी अनुपात १९.०६ गुणा रहेको छ ।
एभरेष्ट बैङ्कको नाफामा ३६.८५ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
