नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा ४२.७१ प्रतिशतले बढेकाे छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा बैङ्कले १ अर्ब २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले ८९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
यता बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४४.७५ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेकाे छ भने खुद फि तथा कमिसन आम्दानी १३६.३७ प्रतिशतले बढेर २ कराेड २७ लाख रुपैयाँ पुगेको छ।। त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेकाे छ। उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा निफ्राले आफ्ना शेयरधनिहरूलाई ४.८८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैंककाे प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा र पछिल्लो कारोबार मूल्य रु २२४ को आधारमा मूल्य आम्दानी अनुपात ३३.१३ गुणा रहेको छ ।
४२.७१ प्रतिशतले नाफा वृद्धि गरेको निफ्राको लाभांश दिन सक्ने क्षमता कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
