भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उहाँ देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुनुहुन्छ।
सन् २०१२ मा भायानेटको वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेटमा आउनुभएको पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो। उहाँको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरेको साे कम्पनीले बताएकाे छ ।
एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरस्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरस्कार हो ।
भायानेट कम्युनिकेसन की सिइओ सेवा पाठक लिडरसिप फिमेल अफ द इयर २०२२ द्वारा सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
